Rule 79
आदेश तथा निर्देशन दिन सक्ने

(१) ऐन तथा यस नियमावलीको अधीनमा रही प्राधिकरणले एनेक्स तथा म्यानुअलको पालन गर्न गराउनको लागि सम्बन्धित निकाय, संस्था तथा व्यक्तिहरूलाई आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आदेश तथा निर्देशन दिंदा खास गरी देहायको विषयमा दिन सकिनेछ ः–
(क) वायुयानको दर्ता र चिन्ह सम्बन्धमा,
(ख) वायुयानको निरीक्षण र प्रमाणपत्र दिने सम्बन्धमा,
(ग) विमानस्थल तथा वायुयानमा जडान गरिने उपकरण तथा अन्य भौतिक चीज वस्तुको सम्बन्धमा,
(घ) क््रmू, वायुयान मर्मत तथा संभार र एअर ट्राफिक कन्ट्रोलर सम्बन्धी व्यक्तिगत ईजाजतपत्र वाहकलाई निजहरूबाट सम्पादन गरिने कामको सम्बन्धमा,
(ङ) भिजुएल र इन्स्ट्रमेन्ट उडान सञ्चालन सम्बन्धमा,
(च) एअर ट्राफिक कन्ट्रोल, उडान सूचना र सचेत सेवाको स्थापना र सञ्चालन सम्बन्धमा,
(छ) निर्धारित न्युनतम सुरक्षा व्यवस्था अपनाउनु पर्ने सम्बन्धमा,
(ज) वायुयान दुर्घटना सम्बन्धमा जानकारी दिने, अनुसन्धान गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने सम्बन्धमा,
(झ) हवाई उडान सन्चालनमा मौसम सम्बन्धी सूचना प्रवाह गर्ने सम्बन्धमा,
(ञ) एअर ट्राफिक कन्ट्रोलर र एअर नेभिगेशनसिष्टम सम्बन्धी सूचना दिने सम्बन्धमा,
(ट) एअर नेभिगेशनमा स्तरीय संचार उपकरण जडान गर्ने र त्यस्ता उपकरण सञ्चालन गर्ने प्रकृया निर्धारण गर्ने सम्बन्धमा,
(ठ) वायुयान उडान र सन्चालनको लागि तत्सम्बन्धी सूचनाहरूको संकलन र प्रवाह गर्ने सम्बन्धमा ।